'नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ' | Khabarhub Khabarhub

‘नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छ’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाए।

‘संसद्बाट पारित  कानुनलाई राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउने प्रावधान भए पनि दोस्रो पटक पठाउँदा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ । यदि प्रमाणीकरण नभएमा स्वतः कानुन बन्नुपर्ने हो ।  संसदीय अभ्यास भएका देशमा पनि यही अभ्यास छ’, अध्यक्ष यादवले भने, ‘नेपालमा भने राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि विधेयक वा अध्यादेश नै स्वतः निस्क्रिय हुने गलत काम भयो । अब वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ भन्ने मत सत्ता गठबन्धनको र त्यसो गर्दा कानुनसम्मत नै हुन्छ भन्ने राय कानुनविद्को पनि छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान नै बाधक भएकाले त्यसलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने भने अध्यक्ष यादवले प्रदेश सरकारलाई बलियो बनाउन संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न सबै इमानदार बन्नुपर्ने धारणा राखे । ‘मन्त्री, सुरक्षा गार्ड र झण्डा हल्लाएर मात्रै हिँड्ने अवस्था अन्त्य गर्नुपर्छ । यसका लागि निजामती सेवा ऐन र प्रहरी समायोजनसम्बन्धी ऐन चाँडोभन्दा चाँडो पारित गरेर संघीयताको संस्थागत विकास गर्नुपर्छ’, उनले भने ।   

त्यसैगरी भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : १७ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न