ट्विटरको नेतृत्व महिलाले गर्ने « Khabarhub

ट्विटरको नेतृत्व महिलाले गर्ने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स- ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एक जना महिलाले  ट्विटरको नेतृत्व गर्ने बताएका छन् ।  यसका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार नाम नछाप्ने शर्तमा  एकजना अधकारीले यसको प्रक्रिया अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो र मस्कबीच यस विषयमा गत हप्तादेखि छलफल चलिरहेको छ।

गत महिना याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।

यस्तै वाल स्ट्रीट जर्नलले पनि याकारिनो मस्कसँग वार्तामा  रहेको उल्लेख गरेको  छ ।  गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले फरक व्यक्तिलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गरेपनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् ।

ट्विटरको मालिकको रूपमा उनले ७,५०० कर्मचारीमध्ये ७५ प्रतिशतभन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए ।

निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।

अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण सुरु भइरहेकोबारे अपडेट गर्दै ट्वीट  सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ५ : ५२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु