उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख « Khabarhub

उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

कटारी – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव ०७८/७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनकाअनुसार आव २०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

उद्योगले एक वर्षमा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको छ भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको महाप्रबन्धक न्यौपानेले बताए । सिमेन्ट उद्योगको वार्षिक साधरणसभाको उद्घाटन गर्दै उद्योग तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्ने बताए ।

उदयपुर सिमेन्ट उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालले बताए । मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने बताए ।

साधरणसभाले विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सका नाममा रहेको तीन बिघा १२ कट्ठा जग्गा रोक्का राख्ने निर्णय अनुमोदन गरेकोे छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ३७ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै