‘नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्दा कमजोर बनाउने प्रपञ्च नरचियोस्’ « Khabarhub

‘नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्दा कमजोर बनाउने प्रपञ्च नरचियोस्’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ ।

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टिआई नेपाल जोडदार माग गरेको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेकाे वक्तव्यमा उल्लेख छ ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको सङ्गठित अपराध मात्र नभई राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराधसमेत भएको उनले बताए ।

“यो अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो, यसमा कार्यपालिकाका वरिष्ठ सदस्यको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको सङ्केत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवम् अवाञ्छनीय प्रश्नसामु खडा गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि प्रकारको दबाव र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीमाथिको निर्मम कारवाही मात्र यस प्रकरणको उपचार हो भन्ने टिआई नेपालको धारणा रहेको अध्यक्ष प्रधानाङ्ग बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ४९ बजे

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको