‘नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्दा कमजोर बनाउने प्रपञ्च नरचियोस्’ « Khabarhub

‘नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्दा कमजोर बनाउने प्रपञ्च नरचियोस्’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ ।

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टिआई नेपाल जोडदार माग गरेको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेकाे वक्तव्यमा उल्लेख छ ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको सङ्गठित अपराध मात्र नभई राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराधसमेत भएको उनले बताए ।

“यो अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो, यसमा कार्यपालिकाका वरिष्ठ सदस्यको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको सङ्केत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवम् अवाञ्छनीय प्रश्नसामु खडा गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि प्रकारको दबाव र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीमाथिको निर्मम कारवाही मात्र यस प्रकरणको उपचार हो भन्ने टिआई नेपालको धारणा रहेको अध्यक्ष प्रधानाङ्ग बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : ४९ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको