जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग « Khabarhub

जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्यापारीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अनुरोध पत्र बुझाउँदै व्यापारीहरूले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भए पनि चाँडै व्यापार, व्यवसाय बन्द गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती हुनाका साथै व्यापार व्यवसायमा समेत नकारात्मक प्रभाव परेको भन्दै रात्रिकालीन व्यापार सञ्चालनको व्यवस्था मिलाउन माग गरेका हुन् ।

सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले भारतसँगको खुला सीमा, प्रादेशिक प्रशासनिक एवं धार्मिक क्षेत्र भएकाले दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि चाँडै बजार बन्द गर्दा नकारात्मक प्रभाव पर्नाका साथै व्यापार व्यवसायमा समेत असर परेकाले कम्तीमा राति १२ बजेसम्म बजार खुला रहने व्यवस्था गर्न आग्रह गरिएको बताए ।

“भारतीय सीमाबाट राति १० बजेसम्म पनि प्रवेश दिइन्छ तर जनकपुरधाम आउँदा बस्ने बास र खाने गाँसको पनि कठिनाइ हुन्छ । जसले गर्दा यहाँ आउन हच्किने अवस्था छ”, महासेठले भने, “त्यसैले जनकपुरधाम उपमहानगरका मुख्यबजार क्षेत्रमा कम्तीमा १२ बजेसम्म सबै व्यापार, व्यवसाय खोली रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र त्यसको सुरक्षा प्रबन्ध सरकारले मिलाउनुपर्ने हाम्रो आग्रह छ ।”

सङ्घका महासचिव मनोजकुमार साहले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भएकाले पनि रात्रिकालीन व्यवसाय सञ्चालन गरी सहजता प्रदान गर्न आग्रह गरे।

जवाफमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी र सहजीकरणका लागि सुरक्षा निकायसहितको छलफलपछि आवश्यक निर्णय लिइने बताए । उनले जनकपुरधामको बजारलाई चलायमान बनाउन र यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजतालाई दृष्टिगत गरी आवश्यक छलफल र अध्ययनपछि व्यापारीहरूको मागलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।

“तपाइँहरूले उठाउनुभएको कुरा हामीले पनि महसुस गरिरहेका छौँ तर रात्रिकालीन व्यवसाय चलाउँदा सुरक्षाको प्रबन्ध पनि गर्नुपर्छ । त्यसैका लागि एउटा सानो, एउटा छरितो समिति बनाएर अध्ययन गर्छौं र त्यसको निष्कर्षअनुसार अगाडि बढौँला”, प्रजिअ दाहालले भने।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको