सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह « Khabarhub

सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्छ : नेता सिंह


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले श्रम र शक्तिको सम्मान सबैभन्दा बढी ट्रेड युनियन कांग्रेसले नै गर्न सक्नुपर्ने उनको धारण छ ।

उनले भने, “ट्रेड युनियन कांग्रेसले श्रमिकहरूलाई केही गर्न नसकेको भन्ने नकारात्मक सन्देश गइरहेको छ । आगामी दिनमा नकारात्मक हल्ला, प्रचार भए पनि आलोचना र चुनौतीको सामना गर्दै ट्रेड युनियन कांग्रेस अघि बढ्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्दै गलत सन्देशहरू रोक्न सक्नुपर्छ ।”

त्यस्तै, विधिगत रूपमा चलेका कारण ट्रेड युनियन चलेको सांसद सिंहले बताए । आगामी हुन लागेको सातौँ अधिवेशनमा उम्मेदवारहरूले प्रतिस्पर्धाको भावना नभएर ट्रेड युनियनलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने ऐक्यबद्धता हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल टे«ड युनियन बागमती प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईं पार्टीले श्रमिक मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कोभिड–१९ पश्चात् श्रमिकहरूले धेरै घाटा बेहोर्नुपरेको र जसको कारण श्रम दिने श्रमिहरूले नै आत्मदाह गर्नुपरेको भन्दै यस्ता समस्या समाधान गर्न पार्टीले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष मुकुन्दबहादुर सुवेदीले पार्टीले स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मका श्रमिकलाई सम्मानका साथ सहयोग गर्नुपर्ने बताए । उनले श्रमिकका नाममा हुने गरेका विभिन्न सेवासुविधा पार्टीले उपलब्ध गराउनुपर्ने जोड दिए। हाल मजदुरहरूको अवस्था निकै दयनीय रहेको र श्रमिकहरूले न्यूनतम तलब पनि पाउन नसकेको गुनासो गर्दै अध्यक्ष सुवेदीले स्थानीय तहबाट नै श्रम र श्रमिकको सम्मानमा सुरुआत गर्नुपर्ने जनाए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : ०३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी