'ग्रेटर नेपालको नक्साले राम्रो गर्दैन' | Khabarhub Khabarhub

‘ग्रेटर नेपालको नक्साले राम्रो गर्दैन’

नैतिकताका आधारमा परराष्ट्र मन्त्रीले राजीनामा दिनुपर्छ


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

यतिबेला नेपालको सार्वभौम सत्तामाथि धक्का पुग्नेगरी अखण्ड भारतको नक्सा भारतको संसद् भवनमा राखियो। यो विषयमा नेपालको संसद् र देशका विभिन्न ठाउँहरूमा चर्चा र परिचर्चा चलिरहेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएको विषयले पनि निकै चर्चा पाइरहेको छ। यो विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापासम्मले बोलिसकेका छन्। अहिले यो विषय आउनुको कारण अखण्ड भारतको नक्सा मात्र हो ? यी र यस्तै विषयमा आधारित रहेर विश्लेषक एवम् अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. केपी शर्मासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको कुरालाई कसरी हेर्नु भएको छ ?
अहिले नेपाल र इन्डियाको कूटनीतिक र राजनीतिक सम्बन्धमा दरार आएको छ। किनभने नेपालले जारी गरेको चुच्चे नक्सा देखेर अखण्ड भारतको नक्सा भारतले ल्याएको होला। समग्रमा भारत र नेपालको सम्बन्धमा आएको चिसो पनाका कारण यो नक्सा ल्यायो। नेपालमा पनि ग्रेटर नेपालको नक्साको कुरा आएको छ। यो हाम्रो ऐतिहासिक रूपमा पुरानो नेपाल हो। जुन हामीले गुमाएको भू-भाग हो। त्यसको प्रतिवादमा भारतले ग्रेटर नेपालको नक्सा निकाल्न सक्छ। त्यस कारण नक्साको वार नेपाल र भारत बीचमा चलेको देखिन्छ। त्यसको मुख्य कुरा भारतले नेपालमा चाहे अनुसारको राजनीति, आर्थिक कूटनीति नपाएपछिको कुण्ठा हो।

अब वास्तवमा हामीले ग्रेटर नक्सा टाँसेर हिजो गुमाएको भूमि फिर्ता हुने सम्भावना रहन्छ भने त हामी त्यो वार गरौँ। यदि त्यो कुरा प्राप्त हुँदैन भने यो भारतलाई चिड्याउने कुरा मात्र हो। भारतले फेरि हामीलाई चिड्याउने काम गरिराखेको छ। यसरी नै जाने हो भने हामी अगाडि बढ्न सक्दैनौँ। हाम्रो आर्थिक विकास गरिबी उन्मूलनको लागि भारतसँग जुन खालको सम्झौता गर्नुपर्ने हुन्छ ती कुराहरू बाधक बन्न सक्छन्। यसले नेपाललाई घाटा गर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नु भएको छ ?
मैले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई प्रकारले हेरेको छु। यो भारत भ्रमण आम रूपमा सफल भएको छ। व्यापारिक हिसाबले राम्रो भएको छ। प्रचण्डका प्राविधिक रूपमा कमी कमजोरी होलान् तर समग्रमा देशको प्रधानमन्त्रीको हैसियतबाट पेट्रोलियम पाइपलाइन र ऊर्जामा भएको कुरा व्यवहारमा आयो भने सकारात्मक कुरा हो।

नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखियो यसमा मोदीले उद्घाटन गरे। किन भारतले यसो गरेको हो ?
मोदीले भौगोलिक उपनिवेश सम्भव नभएपछि साइकोलजिकल उपनिवेश वादलाई अगाडि बढाए। मनोवैज्ञानिक रूपबाट त्यसलाई अगाडि ल्याए। मोदी भारतलाई हिन्दु राज्य बनाउन चाहन्छन्। र नेपाललाई पनि हिन्दु राज्य बनाउन चाहेको जस्तो देखिन्छ। त्यसै गरी पाकिस्तानलाई पनि उनले आफ्नो बनाउन खोजेका छन्। नेपालको नेतृत्वलाई पनि तपाईं धेरै फुरफुर नगर्नुहोस् भन्दै आएका छन्।

चुच्चे नक्सा कोरेर मात्र भूमी हाम्रो हुन्छ ? यो विषय कूटनीतिक रूपमा किन हल गर्न सकिएन ?
भारतले कूटनीतिक रूपमा सीमा विवादका बारेमा हल गर्न चाहेको छैन। भारत मैले गरेको सही छ भनेर बसेको छ। हाम्रो परराष्ट्र मन्त्रालयमा हाम्रो अन्तर्राष्ट्रिय कुराहरू के के हुन् विदेश भ्रमण जाँदा के गर्ने भनेर कुनै प्रोटोकल नै बनाइएको छैन। हरेक नेता प्रधानमन्त्री आउँदा उसको विचारले देशको कूटनीतिक धारणा राखेको हुन्छ। यसरी हुँदैन।

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद साथमै हुनुहुन्थ्यो। यो कुरा उठान गर्न उहाँहरुलाई केले रोक्यो ?
परराष्ट्र मन्त्रीले म यो विषयमा जानकार नै छैन भन्नुभयो । नेपालका कतिपय नेताहरूलाई बाहिरी देशले चलाएको छ भने उहाँले पनि कसैको नुन खानु भएको थियो होला र बोल्नु भएन। यति नालायक परराष्ट्र मन्त्री नेपालको प्रतिनिधित्व गरेर त्यो पदको बस्नु ठिक छैन।

परराष्ट्र मन्त्री बचाउको लागि के गर्नुपर्छ ?
नैतिकताका आधारमा उहाँले राजीनामा गर्नुपर्छ। देशको शिर झुकाउनु भएको छ। यसको जिम्मेवारी आफैं लिनुपर्छ।

गगन थापाले अखण्ड भारतको नक्सा भारतको संसद् भवनमा राखेर देखाउछ भने हामीले पनि ग्रेटर नक्सा राख्ने अधिकार छ भन्नुभएको छ। तर त्यही पार्टीका नेता परराष्ट्रमन्त्री किन यो विषयमा चुपचाप हुनुहुन्छ ?
गगन थापा अहिले पार्टी सभापति देउवालाई असफल पारेर हिँडेको मान्छे हो। हिजो एमसीसी पास गर्दा लमी भएर जानुभएको मान्छे हो। अहिले परराष्ट्र मन्त्रीले इन्डियाको साथ दिएको जस्तो देखिन्छ। यी सबै आन्तरिक रूपमा यो सत्ता प्राप्तिको लागिका भएका खेल मात्र हुन।

नेपालमा पछिल्लो समय छिमेकी मुलुक र विदेशी शक्तिको चलखेललाई कसरी हेर्नुभएको छ ? भारतका नेताले हिमाल भन्दा तलको भाग मेरो हो। त्यहाँको दादा म हुँ भन्दै आएको छ। चीनले पनि नेपालबाट छिरेर साउथ एसिया जाने सोचेको छ। पूर्वमा त उसले बंगलादेश हुँदै म्यानमार जाने योजना नै बनाएको छ। यता नेपालबाट भारत छिर्ने भन्ने छ। भारतले चाइनिज कम्पनीले उत्पादन गरेको बिजुली म लिन्न भनिसकेको छ। चीनको प्रभावलाई कम गर्न अमेरिका र भारत दुवै चाहन्छन्। त्यसकारण अमेरिकाले एमसीसी छिरायो। भारतले पनि हाइड्रो प्रोजेक्टमा चाइनालाई छिर्न दिएको छैन। यसको समाधान भनेको अब हामीले हाइड्रो प्रोजेक्टमा रुसलाई प्रवेश गराउनुपर्छ। यसरी जाने हो भने हाइड्रो प्रोजेक्टमा उत्पादन गर्न सक्छौँ। भारतलाई दिइयो भने भारतले आफै गर्छ आफै एकलौटी खान्छ।

रुसले राम्रो गर्नसक्छ। चीनको साथ पनि छ। रुस आउँदा भारतले विरोध गर्न सक्दैन। रुसी कम्पनीले बनाएको विद्युत् भारतले किन्छ। त्यसैले हाइड्रो प्रोजेक्टबाट नेपालको उन्नति गर्न चाहन्छौँ भने रुसलाई दिनुपर्छ हैन भने हामी भुटानीकरण हुन्छौँ र आलुको भाउमा भारतले बिजुली लान्छ ।

यो सरकार लामो समयसम्म जाला ?
अहिले नै पुष्पकमल दाहालको यो सरकार ढल्छ जस्तो लाग्दैन। अहिलेलाई भारतले साथ दिएको छ। हिजो वामपन्थीहरुको भन्दा डेमोक्रेटिक एलाइन्स भयो भने काम गर्न सकिन्छ भनेर भारतले सन्देश दियो। त्यसैले अहिले जनाएको सहमति वा ऊर्जाको सहमति सकारात्मक हो। त्यसैले यो सरकार अहिले ढल्दैन। भारत र अमेरिकाको पुरै साथ छ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : ०४ बजे

निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

काठमाडौं – चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच