स्वतन्त्र स्कटिस समर्थक स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री गिरफ्तार « Khabarhub

स्वतन्त्र स्कटिस समर्थक स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री गिरफ्तार


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इन्डिनबर्ग– स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । 

स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तिय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘५२ वर्षीया एक महिलालाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’ 

गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाई पछि उनलाई पनि पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतबार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रांचफांर्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ५२ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर