'हिरामण्डी' को सुटिङ सकिँदै | Khabarhub Khabarhub

‘हिरामण्डी’ को सुटिङ सकिँदै


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन् ।

 दर्शकहरू यसको प्रतीक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरूको खुशी बढाउन पर्याप्त रहँदै आएको छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतीक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।

‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ७ : २२ बजे

एमाले पोलिटब्युरो बैठक आज पन बस्दै

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्दैछ ।

राजस्व सङ्कलनमा ९ प्रतिशत बढीले वृद्धि

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–०८२ मा तीन

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

नून भुटुन साट्न चतरा, अक्करको जीवन खतरा !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष