गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान « Khabarhub

गाउँपालिकाद्वारा प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना, बुङ्कोट, राइनास  र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।

गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उनले बताए।

त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट, लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री प्रहरीचौकीलाई उपलब्ध गराएकोे अध्यक्ष थापामगरको भनाइ छ । प्रहरीचौकीलाई प्रदान गरिएको विपद् प्रतिकार्य सामग्री करिब रु १५ लाख बराबरको रहेको उनले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताएका छन्। ‘विपद् प्रतिकार्य सामग्री सामग्रीको अभावमा विपद्का बेला सुरक्षाकर्मीलाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो’, उनले भने, ‘आवश्यक स्रोत साधन भएमात्र प्रहरीलाई जस्तोसुकै विपद्मा भूमिका खेल्न सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

गाउँपालिकामा कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरीचौकीलाई सामग्री हस्तान्तरण गरेको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका समर्पक व्यक्ति मेघनाथप्रसाद यादवले जानकारी दिए। सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतको सहभागिता रहेको थियो  ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ०५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।