संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका मुद्दामा छलफल हुने


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ ।

कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन् । आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ ।

समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो ।

उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ ।  त्यसपछि कार्कीसँग बयान हुनेछ । कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ४९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु