साउदी अरबमा सुरक्षा अधिकारीको हत्यामा संलग्न तीन जनालाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदी अरबमा सुरक्षा अधिकारीको हत्यामा संलग्न तीन जनालाई मृत्युदण्ड


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतंकवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उहाँको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।

उनीहरूलाई आतंकवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतबार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ । उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन, तर राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ ।

यस वर्ष ‘आतङ्कवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ । गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो । साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो ।

गत वर्ष आतङ्कवादसँग सम्बन्धित अपराधमा १४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : २४ बजे

राज कुन्द्रा आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदै

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा

उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहोर

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी