सेनाको हिलोकोप्टरमार्फत एक महिलाको उद्धार « Khabarhub

सेनाको हिलोकोप्टरमार्फत एक महिलाको उद्धार


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको हो । 

गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए। उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था  चिन्ताजनक बनेको उनको भनाइ छ । 

हाल उनको सुुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन् । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुलीताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ । 

यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ११ : २९ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा