नेपालगञ्जमा आगलागीका घटना बढ्दै « Khabarhub

नेपालगञ्जमा आगलागीका घटना बढ्दै


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । विसं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झड्काबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र अज्ञात कारणबाट ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय संरचनाले जमिनमा छुने वा एउटाले अर्को लाइनलाई छुँदा विद्युतीय घटना हुने बताए । विद्युतीय झटकाबाट हुने घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर प्रोजेक्टसम्बन्धी निजी क्षेत्रसँगको समन्वय कार्यशालामा पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिँदै सिँचाइबाट विद्युतीय दुर्घटना बढी भएको उल्लेख गरे ।

उनले भने, “विद्युतीय दुर्घटनाबाट जोगिन विद्युतीय उपकरणको प्रयोगमा चनाखो हुन आवश्यक छ ।” नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत एवं विपद् सम्पर्क व्यक्ति प्रकाश डिसीले विपद्का विभिन्न समस्यालाई सम्बोधन हुने गरी पूर्व तयारी गर्नुपर्ने बताए ।

उनले स्थानीय सरकारबाट विपद् पूर्व तयारीसम्बन्धी भएका गतिविधिका बारेमा जानकारी दिँदै भूकम्प, आगलागी, शीतलहर र लु जस्ता विपद्का समयमा सबैको सहकार्य आवश्यक पर्ने भन्दै समन्वय गर्दा घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परियोजनाका नरेश निदालले विपदमा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै अध्ययनले नेपालगञ्ज आगलागी र भूकम्पको जोखिम क्षेत्रका रूपमा देखाएको जानकारी दिए ।

“परियोजना नेपालगञ्ज उपमहानगरपालिका–३ र ७ मा सञ्चालन भइरहेको छ”, उनले भने । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त ‘प्रोजेक्ट’ सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : १८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका