दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किँदै गरेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु « Khabarhub

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किँदै गरेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किने क्रममा एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ । यार्सा संकलन गरी परिवारका सदस्यसहित घर फर्किने क्रममा बालिकाको मृत्यु भएको हो ।

जिल्लाको खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई भारतको हल्द्वानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : ५५ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर