मुम्बईमा सात नेपाली युवा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड’ बाट सम्मानित | Khabarhub Khabarhub

मुम्बईमा सात नेपाली युवा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड’ बाट सम्मानित


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् ।

अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन् ।

मुम्बईमा आयोजित कार्यक्रममा अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाईनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोकप्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, ट्विन्कल वशिष्ठलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाले आयोजना गरेको हो ।

आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालका तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो । सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिनेबारे आफू विमर्शमा रहेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ०० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले