गोंगबुको होटलमा युवायुवती मृत फेला « Khabarhub

गोंगबुको होटलमा युवायुवती मृत फेला


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए ।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : १६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका