अमेरिकी डलरसहित एक जना पक्राउ « Khabarhub

अमेरिकी डलरसहित एक जना पक्राउ


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- लुकाइछिपाइ विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेमनोर्बु शेर्पा रहेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए ।

उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको डलरसहित दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेमनोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला पारेको प्रहरीले जनाएको छ ।

उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ । थप अनुसनधानका लागि उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ७ : १६ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक