कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा


२९ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताएका छन् ।

नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उनले साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिका लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याइएको बताए । “कर्णालीमा गरिबी छ,” उनले भने, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिङ्गो राष्ट्रलाई पाल्ने क्षमता राख्छ ।”

‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधार बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उनले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवालाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताए । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पूरा गर्ने उनले दाबी गरे ।

कर्णालीमा वित्तीय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उनको भनाइ छ । नागरिकको सेवामा केन्द्रिन हुन नागरिक लगानी कोषलाई आग्रह गर्दै मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने विश्वास दिलाए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताए। कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ९ : ३० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर