प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत « Khabarhub

प्युठान दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै सनाखत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

दाङ – प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।

यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन् ।

प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिब आज दिउँसो भीरबाट खसेर आठ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ९ : ४१ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक