आज २०८० साल असार २७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल असार २७ गते बुधबारको राशिफल


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल असार २७ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समयअनुसार फलादेश हुन्छ। सोहीअनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईंको आजको दिन कस्तो रहनेछ ? तपाई‌को आजको दिन:

मेष – कर्मसिद्धिको समय छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन्। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। स्वास्थ्यमा गगबढी।

बृष – खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ। निर्णयमा अडिक रहनुस्।

मिथुन – जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

कर्कट – सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। आज तपाईका लागि रमाइलो दिन छ।

सिंह – साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउँन सक्छ। अचल सम्पत्ति हात पर्ला।

कन्या – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

तुला – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मौनता अपनाउनु राम्रो। पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

बृश्चिक – जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

धनु – अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती। पारिवारिक कलहको सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। महत्वपूर्ण अवसर गुम्न सक्छ।

मकर – अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

कुम्भ – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

मीन – अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ५ : १३ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र