बालबालिकाको वृद्धि विकासको क्रममा सुन्ने र बोल्ने कुरामा समस्या देखिन्छन्। सामान्यतया बालबालिकाले चारदेखि पाँच महिनादेखि नै आवाजसँग प्रतिक्रिया दिने गर्दछन्। एक वर्षदेखि केही शब्द र तीन वर्षदेखि केही वाक्य पनि बोल्न थाल्छन्। तर, कहिलेकाहीँ ती बालबालिकाबाट अभिभावकले कुनै पनि खालका प्रतिक्रिया पाउन सक्दैनन्। कतिपय बच्चा ढिलो बोल्ने हुन्छन्। कतिपय बच्चा पछिसम्म पनि नबेल्ने गरेको पाइएको चिकित्सक बताउँछन्। त्यसैले बालबालिकाको सुरुवाती चरणमा नै समस्याको पहिचान गरेर उपचार गराउनु राम्रो हुन्छ। तर, ढिलो अस्पताल पुगे उपचारको प्रक्रिया जटिल हुनसक्ने चिकित्सकको भनाइ छ। त्यसैले बालबालिका ढिलोसम्म केही नबोल्नुका कारण के के हुन सक्छन् त ? र यसको उपचार कुन समयमा गराउँदा यो समस्याको अन्त्य हुन्छ लगायतका विषयमा आधारित रहेर खबरहबका लागि नाक, कान, घाँटी रोग सर्जन डा. योगेश न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश :
बच्चा ढिला बोल्ने अथवा समयमा नबोल्ने समस्यालाई कसरी बुझ्ने ?
सामान्यतया बालबालिकाले चारदेखि ५ महिनादेखि नै कुनै पनि आवाजसँग प्रतिक्रिया दिन थाल्छन्। एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकामा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ। अस्पतालमा हामीले ढिलो बोल्ने भन्दा पनि नबोल्ने बच्चालाई बढी प्राथमिकतामा राख्छौँ। बालबालिकाले समयमा बोलेका छैनन् भने त्यो बच्चाले नसुनेर पनि नबोलेको हुनसक्छ। त्यसको लागि सुरुमा अभिभावकले बच्चाले सुनेर नबोलेको छ कि नसुनेर हो भनेर पत्ता लगाउनु पर्दछ।
बच्चा मोबाइल, ल्यापटप, कम्प्युटर र टिभीमा झुन्डिदा बोल्न ढिलो हुन्छ। बच्चामा न्युरो साइक्याट्रिक्स समस्या छ भने सुन्छन् तर बोल्दैनन्। ढिलो बोल्ने बच्चाको समस्या समयै पहिचान गर्न सक्यौँ भने उपचार प्रभावकारी हुन्छ।
यसको उपचार पद्धति पनि फरक हुन्छ। हामीले यो छुट्याउनका लागि पहिला सुनाइको परीक्षण गछौँ। त्यसले बच्चाले सुन्छ कि सुन्दैन या कम सुन्छ भने त्यो पत्ता लगाउँछौँ। कोही बच्चा जन्मिएर सुनेर सिकेर बोल्ने ब्रेनको एउटा क्षेत्र हुन्छ। त्यो पाँच वर्षमा छिपिन्छ। पाँच वर्षसम्म बोलेन भने पछि पनि बोल्ने सम्भावना कम हुन्छ। त्यसैले समयमा नै सबै उपचार गर्नुपर्दछ। बच्चा सुन्छ तर बोल्दैन भने यसमा विभिन्न कारण हुनसक्छन्। बच्चा मोबाइल, ल्यापटप, कम्प्युटर र टिभीमा झुन्डिदा बोल्न ढिलो हुन्छ। बच्चामा न्युरो साइक्याट्रिक्स समस्या छ भने सुन्छन् तर बोल्दैनन्। ढिलो बोल्ने बच्चाको समस्या समयै पहिचान गर्न सक्यौँ भने उपचार प्रभावकारी हुन्छ।
बालबालिकाको बोल्ने सही उमेर कति हो ?
साधरणतया बालबालिकाले चारदेखि पाँच महिनाबाट अरु बाहिरी आवाजसँग प्रतिक्रिया दिन थाल्छन्। जस्तो बालबालिकाले शरीर चलाएको छ कि छैन भन्ने विषयमा प्रतिक्रिया हेर्नु पर्दछ। ६ महिनादेखि बा, आलगायतका शब्द बोल्छन्। ९ महिनादेखि १२ महिनासम्म बाबा आमालगायतका शब्द बोल्न थाल्छन्। दुई वर्ष तिर दुई वटा शब्दलाई मिक्स गरेर बोल्न सक्छन्। बाबु-आमा कोही ढिलो बोलेकै आधारमा बच्चाको मूल्यांकन गर्नु हुँदैन। यदि तीन वर्षको उमेरसम्म पनि बालबालिकाले शब्द बोलेनन् भने त्यसलाई ढिलो भन्नुपर्छ। यसरी बच्चाले समयमा प्रतिक्रिया गर्दैनन् भने समयमा नै उपचार गर्नु पर्दछ।
६ महिनादेखि बा, आलगायतका शब्द बोल्छन्। ९ महिनादेखि १२ महिनासम्म बाबा आमालगायतका शब्द बोल्न थाल्छन्। दुई वर्ष तिर दुई वटा शब्दलाई मिक्स गरेर बोल्न सक्छन्।
नेपाली समाजमा उसको बाबा, काका पनि ढिलो बोलेको भनेर उपचार नगराउने चलन पनि छ। के यो वशांणुगतरुपमा पनि जान्छ ?
बाबुआमा कान कम सुन्ने छन् भने त्यो बच्चामा पनि कम सुन्ने समस्या हुनसक्छ। तर, उसको काका, फुपू ढिलो बोल्यो भन्दैमा उसलाई उपचारबाट रोकेर राख्नु हुँदैन। किनकी बालबालिकालाई बोल्न पाँच वर्षसम्ममा नै मेहनत गर्नुपर्दछ। समयमा नै उपचार गर्नुपर्छ। कुनै दुई वर्षको बच्चा र ६ वर्षको बच्चामा एउटै समस्या छ भने दुई वर्षको बच्चामा उपचार गर्दा जति राम्रो रिजल्ट आउँछ ६ वर्षको बच्चामा त्यति आउँदैन। यसरी समयमा नै बच्चाको उपचार गराइयो भने उसले समयमा नै बोल्ने र नसुन्ने समस्याबाट मुक्ति पाउँछ।
बालबालिका ढिलो बोल्ने अथवा नबोल्नुको कारण के हुनसक्छ ?
यदि समयमा बच्चा बोल्दैन भने त्यो बच्चाले कान सुन्दैन भनेर बुझ्नुपर्छ। त्यसैले बच्चाको सुनाइ ठिक छ-छैन भनेर पहिला छुट्याउनुपर्छ। बच्चामा जुन हदसम्म सुन्नुपर्ने हो त्यतिसम्म पनि नसुन्दा बोली विकास नहुनसक्छ। यो अवस्थामा साधारण अप्रेसन गरेर जाली बनाइदिएर उनीहरूलाई राम्रो बनाइदिन सकिन्छ। अप्रेसन गर्नु पर्ने छैन भने मिसिन लगाएर इयरफोन लगाइदिएर आवाज सुनाइन्छ। भित्र कानमा समस्या भएर सुन्दैन भने हामीले कक्लोजिन प्लान्ट भन्ने सर्जरी गराएर त्यो बच्चालाई सुन्ने बनाएर बोली विकास गराउने ट्रेनिङमा लैजान्छौँ।
बाबुआमा कान कम सुन्ने छन् भने त्यो बच्चामा पनि कम सुन्ने समस्या हुनसक्छ। तर, उसको काका, फुपू ढिलो बोल्यो भन्दैमा उसलाई उपचारबाट रोकेर राख्नु हुँदैन।
कुनै बच्चामा न्युरो डेभलपमेन्टल समस्या भएर बच्चाको मानसिक समस्या छ अथवा समग्र विकास नभएको हुनसक्छन्। कसैमा ढिलो हिँड्ने र शरीरको शक्ति कम हुनसक्छ। यस्ता बच्चा पनि ढिलो बोल्छन्। कतिपयलाई अटिजम भएको बच्चा जसले सुन्छ तर बोल्न सक्दैन। कहिलेकाहीँ शिशु पेटमा भएको बेला सङ्क्रमण भएका कारण पनि हुनसक्छ। भेन्टिलेटर या आईसीयुमा राखिएका बच्चामा पनि यो जोखिम हुनसक्छ।
पछिल्लो समय नेपालमा यसको उपचारको अवस्था कस्तो छ ?
नेपालमा हामीले २५ देखि २६ वर्ष अगाडि नै सबै जना मिलेर नाक, कान, घाँटीको टिम बाल रोग विशेषज्ञको टिम, साइक्याटिक्सको टिम मिलेर काम गरेको धेरै वर्ष भइसकेको छ। कुनै बच्चा जन्मजात नै सुन्दैन भने उसलाई समयमा नै उपचार गरेर सुनाउने काम गर्दछौँ। बच्चा तीन वर्षको छ, उसले सुन्दैन भने पहिला उसलाई सुनाउने उपाय गरेर मात्र सुन्छ कि सुन्दैन भनेर हेर्छौँ बच्चाले सुन्छ तर बोल्दैन भने उसलाई पिस थेरापीमा राखेर उपचार गरिन्छ। अहिले यसको लागि विभिन्न स्कुल पनि खुलेका छन्।
कुनै बच्चामा न्युरो डेभलपमेन्टल समस्या भएर बच्चाको मानसिक समस्या छ अथवा समग्र विकास नभएको हुनसक्छन्। कसैमा ढिलो हिँड्ने र शरीरको शक्ति कम हुनसक्छ। यस्ता बच्चा पनि ढिलो बोल्छन्।
यो उपचार सबैको पहुँचमा छ त ?
हामी टिचिङ शिक्षण अस्पतालमा यसको एउटा छुट्टै इम्पोट गर्ने, थेरापी गर्ने, इभ्यालुयसन गर्ने एउटा टिम नै खडा गरेका छौँ। टिचिङ अस्पताल भनेको सबै नेपालीको पहुँचको हो। यसमा सरकारले पनि अनुदान दिएको छ। अन्य समस्या भएका बच्चाले सुन्छन्। तर, न्युरो डेभलपभमेन्ट भएको बच्चामा पनि विभिन्न थेरापी विभिन्न ठाउँमा विकसित भएका छन्। तर, अहिले हरेक नेपालीहरूको पहुँचमा पुगेको छैन। यो हेल्प सेन्टरमा पुगेको छैन। यसमा सरकारसँगै परिवारको मूल्य पनि आवश्यकता पर्दछ।
कुनै बच्चाले सुनेर सिकेर बोल्ने मस्तिष्क पाँच वर्षपछि बुढो हुन्छ त्यसैले जति छिटो समस्या निदान भयो त्यसको उपचार पनि त्यति नै प्रभावकारी हुन्छ।
अभिभावकले के कुरामा ध्यान दिने?
कुनै बच्चाले सुनेर सिकेर बोल्ने मस्तिष्क पाँच वर्षपछि बुढो हुन्छ त्यसैले जति छिटो समस्या निदान भयो त्यसको उपचार पनि त्यति नै प्रभावकारी हुन्छ। आवाजप्रति बच्चाले कुनै प्रतिक्रिया दिँदैन, केही बोल्दैन भने अभिभावकले ध्यान दिनुपर्छ, विद्यालयमा बालबालिकाले देखाउने व्यवहार र उसको क्रियाकलापमा पनि अभिभावकले ध्यान दिनुपर्छ। बच्चालाई मोबाइल, ल्यापटप, टिभी दिनु हुँदैन। यसले प्रत्यक्ष असर गर्दछ। यो डिजिटल मिडियाबाट बच्चालाई टाढा राखेर आफै बच्चासँग नजिक हुने र समयमा नै बच्चाको ख्याल राख्नु पर्दछ।
प्रतिक्रिया