कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका ‍थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

हावा हुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : २७ बजे

‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रममन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम

पर्यटन नीति सार्वजनिक गर्दै मन्त्रीले भने- निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२

संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन

लुम्बिनीका नवनियुक्त युवा, खेलकुदमन्त्री पाण्डेले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले सोमबार

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

काठमाडौं– राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको छलफावार