चीनको दक्षिण पूर्वी गुवाङ डोङ प्रान्तको एक किन्डर गार्डेनमा छुरा प्रहार हुँदा तीन बच्चासहित ६ जनाको ज्यान गएको छ। लीन जीयाङका उ नाम भएका एक २५ वर्षीय युवालाई प्रहरीले गिरफ्तार गरेको छ। त्यस घटनामा गिरफ्तार हुने अन्यमा दुई अभिभावक र एक शिक्षक छन्। प्रहरीले घटना आकस्मिक नभई नियतवश नै भएको जनाएको छ। सोमबार प्रहरीले अभिभावकले आफ्ना बच्चालाई समर क्लासका लागि छाड्ने बित्तिकै सो घटना भएको थियो।
घटनास्थललाई प्रहरीले निगरानीमा राखेको छ। लीन जीयाङमा १ दशमलव ८७ मिलियन जनसङ्ख्या छ। सो आक्रमणको भिडियो सामाजिक सञ्जालमा छरिएका छन्। यसमा सबैले दुःख व्यक्त गर्न थालेका छन्। चीनमा आर्थिक उपलब्धि भएसँगै मानिसमा नैराश्य मात्र होइन नकारात्मक भावनाको पनि विकास हुँदै आएको छ।
सन् २०१० यता भने चीनमा धेरै कुरा फरक भइसकेको छ। चक्कु प्रहारबाट मात्र १७ जना बच्चाको ज्यान गइसकेको छ। बच्चालाई उच्चतम यातना दिने र मौका परे गायब नै बनाउने क्रमको सुरुवात भएको छ।
सन् १९९० को दशकसम्म चीनमा यस किसिमको घटना खासै सुनिँदैन थियो। सन् २००१ को मार्चमा पहिलो पटक चीन यस्ता घटनाले आहत भएको थियो। सो समयमा दक्षिणी प्रान्त जीङ जीयाङमा भएको एक विस्फोटमा ४१ जना बच्चाले ज्यान गुमाएका थिए।
सो घटनाका बारे छानबिन हुँदा कोइला उत्पादन केन्द्रमा बच्चा काम गर्थे। बच्चालाई सस्तोमा त्यहाँ काम लगाउने गरिएको थियो। त्यो घटनाको कारणको व्यापक खोजी भएको थियो। यसरी खोजी भएपछि नियतवश नभई दुर्घटना मात्र भएको पत्ता लागेको थियो।
सन् २०१० यता भने चीनमा धेरै कुरा फरक भइसकेको छ। चक्कु प्रहारबाट मात्र १७ जना बच्चाको ज्यान गइसकेको छ। बच्चालाई उच्चतम यातना दिने र मौका परे गायब नै बनाउने क्रमको सुरुवात भएको थियो। एक पटक बिन जीवाओले नै आक्रमण भएको स्थानमा भ्रमण गरेर बच्चाको सुरक्षामा ध्यान दिन आह्वान गरेका थिए। उनले समाजमा बढ्दै गएको सामाजिक तनावका कारण बच्चामाथि आक्रमण भएकोमा जोड दिएका थिए।
चीनमा कुनै कारण बिना नै गम्भीर अपराध भएको भन्दै धेरैको ध्यानाकर्षण भएको थियो। यसपछि यस किसिमका हर्कत बच्चामाथि नै हुने गरेका थिए। यसले चिनियाँ समाजमा चरम आक्रोशको वातावरण पैदा गरेको थियो।
एक पटक बिन जीवाओले नै आक्रमण भएको स्थानमा भ्रमण गरेर बच्चाको सुरक्षामा ध्यान दिन आह्वान गरेका थिए। उनले समाजमा बढ्दै गएको सामाजिक तनावका कारण बच्चामाथि आक्रमण भएकोमा जोड दिएका थिए।
सन् २०१८ मा त एक पटक युनान प्रान्तमा एक पुरुष विद्यालयमा बच्चाको भीडमा प्रवेश गरेका थिए। तत्कालै उनले रसायन छर्किन थालेका थिए। त्यसपछि उनले घातक रसायन सबैलाई छर्किन थाले। संयोग मान्नुपर्छ, त्यस घटनामा कसैको पनि ज्यान गएन। अस्पताल लगिएका ५० जनामध्ये धेरैलाई गम्भीर चोट लागेको थियो।
एउटा योजना बद्ध र हिंस्रक त्यस घटनाले चिनिया समाजमा बढ्दै गएको गम्भीर घटनाको पटाक्षेप गरेको छ। त्यस किसिमको आपराधिक मनोवृत्तिको कारक के होला ? भन्ने प्रश्न अहिले तेर्सिन थालेको छ। यस किसिमको रसायनको विक्री, वितरण र प्रयोगले समाजबाट उनीहरू घृणित त भए नै साथै एउटा सामाजिक कलङ्कको रूपमा त्यो घटना सधैँ रही रहने छ। गएको दुई वर्षमा चीनमा व्यापक राजनीतिक र सामाजिक परिवर्तन भएको छ।
गत वर्षको अगस्टमा पनि जीङ जीयाङमा यस्तै चक्कु प्रहार हुँदा तीन जनाको ज्यान जानुको साथै ६ जना घाइते भएका थिए। त्यसो त यस्ता घटना संसारका अन्य देशमा नभएका होइनन्। परन्तु यसको मात्रा चीनमा जसरी बढेको छ, त्यसले समाज नै ध्वस्त हुने बाटोमा अघि बढी रहेको छ।
यो बीचमा समाजवादी अर्थतन्त्र छाडेर खुला बजारमा चीनको प्रवेश त भएको छ। तर, यसका बाबजुद त्यस समाजमा निराशा र गरिब प्रतिको तिरस्कारको क्रम बढ्दै जान थालेको थियो। चिनियाँ समाजमा एउटा जोक नै बन्ने गरेको थियो कि राम्रो गर्लफ्रेन्ड बनाउनका लागि एउटा कार आवश्यक छ।
कम आय भएका प्रतिको सामाजिक तिरस्कारको भाव बढ्दै गएको थियो। राजनीतिक रूपले मानव अधिकारको हनन त चीनको विशेषता नै बनेको थियो। कोभिड महामारीले त्यहाँको अवस्थालाई अझ बिगारेको थियो। बेरोजगारीको मात्रा २० प्रतिशत नाघेको थियो। त्यहाँ अहिले बदलाको भाव फैलिएको छ। सामूहिक रूपमा चक्कु प्रहार र बदलाको भाव बढ्दो छ। यस घटनाले समस्या झनै थपिएको छ।
गत वर्षको अगस्टमा पनि जीङ जीयाङमा यस्तै चक्कु प्रहार हुँदा तीन जनाको ज्यान जानुको साथै ६ जना घाइते भएका थिए। त्यसो त यस्ता घटना संसारका अन्य देशमा नभएका होइनन्। परन्तु यसको मात्रा चीनमा जसरी बढेको छ, त्यसले समाज नै ध्वस्त हुने बाटोमा अघि बढी रहेको छ।
कोभिड–१९ महामारीको व्यापक असर चीनमा परेको छ। आर्थिक क्षति, प्रोपर्टी क्षेत्रमा भएको व्यापक अस्तव्यस्त अवस्था र जीवन यापनमा आएको कठिनाइका कारण धेरैको घरको पारिवारिक सम्बन्ध नै बिग्रिएको छ।
पुरुषको सङ्ख्या बढ्दै गएपछि यसले केटामा उच्छृङ्खल पनको पनि वृद्धि गरेको थियो। उनीहरूको जोखिम बहन गर्ने स्वभावको पनि विकास गरेको थियो। यो नै बढ्दो आपराधिक घटनाको एउटा मुख्य कारण बनेको छ।
चीनमा वान चाइल्ड नीति हटी सकेको छ। तर, धेरै अध्ययनले विगतको वान चाइल्ड नीति पनि एउटा प्रमुख कारण भएको जनाएको छ। वान चाइल्ड नीति भएको समयमा चीनमा १ सय महिलाको जन्म हुँदा १ सय पुरुषको जन्म भएको थियो। अभिभावकले छोरालाई नै धेरै प्राथमिकतामा राख्ने गरेका थिए। यस कारण धेरैले युवाका लागि श्रीमती पाउन पनि कठिन भएको छ।
यस परिस्थितमा बेरोजगार र अविवाहित युवाको मनमा नकारात्मक भावनाको विकास मात्र गरेन त्यसले एउटा अपराधको जन्म नै गराएको थियो। सन् १९७९ मा चीनमा वान चाइल्ड पोलिसि लागु भएको थियो। त्यसै समयमा चीनमा धेरै ग्रामीण भेगमा पहिलो बच्चा छोरी भएमा दोस्रो बच्चाका लागि छुट पनि दिइएको थियो।
पुरुषहरूको सङ्ख्या बढ्दै गएपछि विवाहका लागि महिलाको मूल्य पनि राखिन थालियो। महिलाका लागि १५ हजार अमेरिकी डलर पनि आवश्यकता औँल्याउन थालियो। पुरुषको सङ्ख्या बढ्दै गएपछि यसले केटामा उच्छृङ्खल पनको पनि वृद्धि गरेको थियो। उनीहरूको जोखिम बहन गर्ने स्वभावको पनि विकास गरेको थियो। यो नै बढ्दो आपराधिक घटनाको एउटा मुख्य कारण बनेको छ।
सन् २०२१ मा त एक दम्पतीको आफ्नै बच्चाको पनि हत्या गरेको घटना छ। त्यो दम्पत्तीलाई मृत्युदण्डको सजाय सुनाइए पनि उनीहरूले पुनरावेदन गरेका थिए।
महिलाको सङ्ख्या बढाउने नीति बने पनि त्यो एक पुस्ताको काम हो। यस बीचमा पुरुषमा छाएको निराशा हट्नु सायद कठिन हो। यसले सायद अबको केही वर्ष चीनमा अपराधीक घटनामा कमी ल्याउने छैन।
सन् २०२१ मा त एक दम्पतीको आफ्नै बच्चाको पनि हत्या गरेको घटना छ। त्यो दम्पत्तीलाई मृत्युदण्डको सजाय सुनाइए पनि उनीहरूले पुनरावेदन गरेका थिए। त्यसको टुङ्गो दुई वर्षसम्म लागेन। प्रतिवादी पक्षले लगातार पेसीको थमाउँदै सो मुद्दालाई पछि धकेलेका थिए।
यी सबै घटनाले चीनमा बढ्दो अमानवीय घटना र हिंसाको बढ्दो स्वरूपलाई चित्रित गरेको छ। आर्थिक विकासले मात्र सबै सुधार हुँदैन भन्ने उदाहरण पछिल्लो समयको चीनको अवस्था बनेको छ।
स्रोतः बीबीसी, ब्लग ओयुपी डटकम,ग्लोबल टाइम्स
प्रतिक्रिया