जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा « Khabarhub

जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् ।

विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए ।

जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले आफ्नो पक्षमा पारेका थिए । 

२३ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचको विम्बल्डनमा यो ३३ औँ जित हो । लगातार पाँचौँ र समग्रमा आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका उनले अब इटालीका यानिक सिनरसंग प्रतिस्पर्धा गर्नेछन् ।

सिनर रुसका रोमान साफिउलिनलाई चार सेटमै हराउँदै पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका हुन् । विम्बल्डनको अन्तिम चार पुग्ने केवल तेस्रो इटालियन खेलाडी बन्ने क्रममा उनले रोमानलाई ६–४, ३–६, ६–२, ६–२ को सेटमा हराएका थिए । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा