जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा « Khabarhub

जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् ।

विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए ।

जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले आफ्नो पक्षमा पारेका थिए । 

२३ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचको विम्बल्डनमा यो ३३ औँ जित हो । लगातार पाँचौँ र समग्रमा आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका उनले अब इटालीका यानिक सिनरसंग प्रतिस्पर्धा गर्नेछन् ।

सिनर रुसका रोमान साफिउलिनलाई चार सेटमै हराउँदै पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका हुन् । विम्बल्डनको अन्तिम चार पुग्ने केवल तेस्रो इटालियन खेलाडी बन्ने क्रममा उनले रोमानलाई ६–४, ३–६, ६–२, ६–२ को सेटमा हराएका थिए । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३९ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६