थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा | Khabarhub Khabarhub

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन् ।

थाइल्याण्डको संसदले मे महिनामा भएको चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै आएका छन् ।

६९ वर्षीय प्रयुथले सन् २०१४ मा सैनिक कूपछि थाइल्यान्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् । सीएनएनका अनुसार उनको पार्टीको गठबन्धनले सन् २०१९ को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भएको थियो। त्यसपछि उनी सिनेटको समर्थनमा प्नधानमन्त्रीमा निर्वाचित भएका थिए ।

सो ‘कू’ पछि थाइल्याण्डमा प्रभुत्व जमाउने थाइल्याण्डको सेना समर्थित अभिजात वर्गलाई मेको आम चुनावमा मतदाताहरूले नराम्रोसँग चोट दिएका थिए, जसले देशमा चलिरहेको रूढीवादी गुटहरूप्रति वर्षौंदेखि बढ्दो असन्तुष्टिको अन्त्य गर्‍यो।

लिबरल मुभ फर्वार्ड पार्टीले सबैभन्दा बढी सिट जित्यो र जनमतको बहुमत हासिल गर्यो। यस पार्टीले आफ्नो सुधारवादी कदम चालेको कारणले गर्दा थाई युवाहरूले यो पार्टीलाई पछ्याएका छन् । सीएनएनका अनुसार दोस्रो स्थानमा थाइल्यान्डको प्रमुख विपक्षी पार्टी फेउ थाई गएको छ ।

नयाँ सरकार नबनेसम्म प्रयुथ प्रधानमन्त्रीको पदमा रहिरहनेछन् । बढ्दो अधिनायकवाद र असमानताले सैन्य विद्रोहको नेतृत्व गरेपछि पूर्व जनरलको प्रधानमन्त्रीको कार्यकाललाई नोक्सान हुन पुगेको थियो ।

सन् २०२० मा प्रयुथलाई हटाउन माग गर्दै युवाहरूले राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए, जसमा लाखौ सडकमा देखिएका थिए ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : १२ बजे

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी