नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद « Khabarhub

नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विलनियस– स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाई सबै देशको सहमति मिलेको छ । तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ । 

नेटोको नजर युक्रेनको दाबीमा अड्किएको र मतभेदका कारण अहिले सदस्य बन्न उसलाई गाह्रो देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई प्रवेश नदिने नेटोको योजनलाई ‘बेतुक’ भनेका छन् ।

यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउने बताए । उनले भने, ‘म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ ।

टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नेटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएको बताएका छन् ।

यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नेटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नेटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए ।

नेटो देशहरू युक्रेनको साथमा छन्। अमेरिकाले भर्खरै युक्रेनलाई क्लस्टर बम दिने घोषणा गरेको छ । तर, अमेरिकाको यो घोषणामा प्रश्न उठेको छ । किनकि १०० भन्दा बढी देशले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसलाई मानवताका लागि खतरा मानिन्छ । 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : २७ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको