आज फलफूल तथा तरकारीको मूल्य कति ?  « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ? 


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशापालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ४० पैसा, लोकल गाजर र ज्यापु काउली ९५ रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

यसैगरी रातो मूला प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १४ रुपैयाँ २५ पैसा, डल्लो भन्टा ११५ रुपैयाँ, तने बोडी १०२ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ९६ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०५ रुपैयाँ, टाटे सिमी १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तितो करेला ८६ रुपैयाँ, लौका ७६ रुपैयाँ, परबर, डल्लो फर्सी र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो र रातो बन्दा ६५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ ।

यसैगरी, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइने समितिको भनाइ छ ।

समितिले फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुईकटहर १६५ रुपैयाँ, किवी ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ ।  

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०० बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा