स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती कार्यवाहक राजदूतको भेट « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती कार्यवाहक राजदूतको भेट


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि बेलायती कार्यवाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएका दुईपक्षीय सहयोग र सम्झौताका विषयमा कुराकानी भएको थियो । 

भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने अपेक्षा गरेको बताए ।

सो अवसरमा कार्यवाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताउँदै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : १६ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको