प्रधानमन्त्री प्रचण्डलाई परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ : कांग्रेस नेता रिजाल « Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ : कांग्रेस नेता रिजाल


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उनको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताएका हुन् ।

उनले अध्यक्ष प्रचण्ड र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरे । नेता रिजालले भने, “स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।”

उनले स्व दाहालको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताए । प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दुखप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस भनी कामना गरे ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : ३७ बजे

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका