विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

आज असार २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तर कोरियाद्वारा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियासँगको तनावकाबीच उत्तर कोरियाले आज बिहानै लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएका छन् ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले ब्यालेस्टिक मिसाइल प्रक्षेपण पत्ता लगाएको घोषणा गरेको छ । प्रतिवेदनमा प्रक्षेपणको बारेमा धेरै जानकारी दिइएको छैन।

उत्तर कोरियाले अमेरिकी जासुसी विमान सञ्चालनको आरोप लगाएपछि उत्पन्न तनावबीच प्योङयाङले यस हप्ताको सुरुमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। यसअघि उत्तर कोरियाले १५ जुनमा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको योनहाप समाचार संस्थाले जनाएको छ ।

राज्य मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार रिपोर्ट गरेको छ कि उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो आर्थिक क्षेत्रमा गैरकानूनी रूपमा आठ पटक उडान गरेको आरोप लगाएको छ र बदला लिने चेतावनीसमेत दिएको छ।

तर, पेन्टागनले भने पहिले हवाई क्षेत्र उल्लङ्घनको प्योङयाङको आरोपलाई अस्वीकार गरेको थियो र अमेरिकी सेनाले अन्तर्राष्ट्रिय कानूनको पालना गरेको बताएको थियो ।

अमेरिकी जासुसी विमानहरूले आफ्नो एयर स्पेसको उल्लंघन गरेको दाबी गरेपछि जासुसी विमान खसाल्ने उत्तर कोरियाले धम्की दिएको छ।

प्रधानमन्त्री मोदीले फ्रान्स र यूएईको औपचारिक भ्रमण गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बस्टाइल डे अर्थात् फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा सहभागी हुने तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् ।

भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नुअघि दुवै देशबीचको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

त्यसैगरी प्रधानमन्त्री मोदी परम्परागत बस्टाइल डे सैन्य परेडमा पनि सामेल हुनेछन् । भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानव अधिकार उल्लङ्घनको आरोप

चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) माथि  मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीले विशेष गरी सिन्जियाङ प्रान्तका उइगुर मुसलमानविरुद्ध जातीय नरसंहारको तयारी गरिरहेको र हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप लाग्ने गरेको छ । यसबाहेक चीनले आफ्ना दमनकारी नीतिलाई विदेशी भूमिमा पनि लागू गर्ने गरेको बताइएको छ ।

आफ्नो शक्तिलाई कायम राख्न कम्युनिष्ट पार्टीले यस्ता दमनकारी नीति लागू गर्ने गरेको र यसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको विश्लेषकहरु बताउँछन् । हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने नीतिअनुरुप चीनले मानव अधिकारको हननजस्ता गतिविधि गर्दै आएको उल्लेख गरेका छन् ।

चीनले उइगुर र मुसलमान धर्म मान्नेहरुलाई अतिवादी भन्दै उनीहरुलाई नियन्त्रण गर्न निगरानी उपकरण र अन्य अधिनायकवादी नीति लागू गर्ने गरेको छ । हाल चीनले सिन्जियाङमा स्थापना गरेका बन्दीगृहमा दशौँ लाख उइगुर मुसलमान रहेको र त्यहाँका बन्दीहरुले यातना र मृत्युको समेत सामना गर्नुपरेको बताइएको छ ।

सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

उइगुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् ।

बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

नेटो सदस्यताका लागि युक्रेनको दाबेदारीमा मतभेद

स्वीडेनले टर्कीलाई नेटो सदस्य राष्ट्रमा सामेल हुन स्वीकृति दिएपछि उसलाई सबै देशको सहमति मिलेको छ । तर युक्रेनको दाबीलाई लिएर गठबन्धन देशहरूबीच भने मतभेद देखिएको छ । 

नेटोको नजर युक्रेनको दाबीमा अड्किएको र मतभेदका कारण अहिले सदस्य बन्न उसलाई गाह्रो देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई प्रवेश नदिने नेटोको योजनलाई ‘बेतुक’ भनेका छन् ।

यद्यपि, उत्तर एट्लान्टिक गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनले सदस्यताको बाटोमा सकारात्मक सन्देश पाउने बताए । उनले भने, ‘म विश्वस्त छु कि यसले युक्रेन र सदस्यताको लागि अगाडि बढ्ने बाटोमा सकारात्मक र बलियो सन्देश प्राप्त गर्नेछ ।

टर्कीले लामो समयदेखि स्वीडेनको नाटो सदस्यताको विरोध गर्दै आएको थियो, तर मतभेदको अन्त्यसँगै नेटोमा नयाँ ऊर्जा आएको छ। एर्डोगान र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग भिल्नियसमा भएको वार्तापछि नेटोका महासचिव स्टोल्टेनबर्गले टर्कीले अगाडि बढ्न सहमति जनाएको बताएका छन् ।

यसैलाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनको साथमा उभिएर नेटोका अधिकांश राष्ट्रले किभलाई ‘डिफ्याक्टो सदस्य’का रूपमा मान्यता दिने आशा गरेका थिए ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने नेटोको घोषणाको बाबजुद पनि रुसको आणविक अडानमा कुनै परिवर्तन नआएको बताए ।

नेटो देशहरू युक्रेनको साथमा छन्। अमेरिकाले भर्खरै युक्रेनलाई क्लस्टर बम दिने घोषणा गरेको छ । तर, अमेरिकाको यो घोषणामा प्रश्न उठेको छ । किनकि १०० भन्दा बढी देशले क्लस्टर बमको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यसलाई मानवताका लागि खतरा मानिन्छ ।

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन् ।

थाइल्याण्डको संसदले मे महिनामा भएको चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई सैन्य समर्थन अस्वीकार गर्दै आएका छन् ।

६९ वर्षीय प्रयुथले सन् २०१४ मा सैनिक कूपछि थाइल्यान्डको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन् । सीएनएनका अनुसार उनको पार्टीको गठबन्धनले सन् २०१९ को चुनावमा सबैभन्दा बढी सिट जित्न सफल भएको थियो। त्यसपछि उनी सिनेटको समर्थनमा प्नधानमन्त्रीमा निर्वाचित भएका थिए ।

सो ‘कू’ पछि थाइल्याण्डमा प्रभुत्व जमाउने थाइल्याण्डको सेना समर्थित अभिजात वर्गलाई मेको आम चुनावमा मतदाताहरूले नराम्रोसँग चोट दिएका थिए, जसले देशमा चलिरहेको रूढीवादी गुटहरूप्रति वर्षौंदेखि बढ्दो असन्तुष्टिको अन्त्य गर्‍यो।

लिबरल मुभ फर्वार्ड पार्टीले सबैभन्दा बढी सिट जित्यो र जनमतको बहुमत हासिल गर्यो। यस पार्टीले आफ्नो सुधारवादी कदम चालेको कारणले गर्दा थाई युवाहरूले यो पार्टीलाई पछ्याएका छन् । सीएनएनका अनुसार दोस्रो स्थानमा थाइल्यान्डको प्रमुख विपक्षी पार्टी फेउ थाई गएको छ ।

नयाँ सरकार नबनेसम्म प्रयुथ प्रधानमन्त्रीको पदमा रहिरहनेछन् । बढ्दो अधिनायकवाद र असमानताले सैन्य विद्रोहको नेतृत्व गरेपछि पूर्व जनरलको प्रधानमन्त्रीको कार्यकाललाई नोक्सान हुन पुगेको थियो ।

सन् २०२० मा प्रयुथलाई हटाउन माग गर्दै युवाहरूले राष्ट्रव्यापी विरोध प्रदर्शन गरेका थिए, जसमा लाखौ सडकमा देखिएका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ०१ बजे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा