वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा  | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीहरू ठगिनु नहुने बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरू, दुःख पाएका कुराहरू मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन ।’ 

उनले सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनलाई दुःख पाएका नेपालीहरूको उद्धार पनि गर्नुपर्ने बताए । 

अरू पनि धेरै नेपाललाई फाइदा हुन्छ,’ उनले भने, ‘त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरू रोजगारीमा गएका साथीहरू ठगिनु भएन। दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्। यो वैदेशिक रोजगार एसोसिएसनले लिड रोल लिनुपर्छ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः