एनभिए भलिबल : एपीएफविरुद्ध आर्मीको संघर्षपूर्ण जित « Khabarhub

एनभिए भलिबल : एपीएफविरुद्ध आर्मीको संघर्षपूर्ण जित


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो । तेस्रो सेट एपीएफले २६–२४ ले जितेको थियो । चौथो सेट आर्मीले २८–२६ ले जितेको थियो भने पाचौ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो । आर्मीको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हासिल गरेको छ । हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो ।

त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ । फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । शैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार हुनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ०८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले