लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी सेमिफाइनलमा प्रवेश « Khabarhub

लिग्स कप : मेस्सी नेतृत्वको इन्टर मियामी सेमिफाइनलमा प्रवेश


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १–१ गोल गरेका थिए । अर्को गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका कप्तान मेस्सीले पाँच खेलमा लगातार गोल गर्दै राम्रो प्रदर्शन गरेका छन् । उनले पाँच खेलमा ८ गोल गरेका छन् ।

मियामीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ५९ बजे

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई