सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा « Khabarhub

सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को नाङ्गो दुरुपयोग गरेको आरोप लगाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारविरुद्ध बोल्नेहरूको मुख थुन्न सीआईबीको दुरुपयोग भएको उल्लेख गर्दै सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री र अर्थमन्त्रीले एक क्विन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सीआईबीले गृहमन्त्रीको आदेश र आग्रहमा यो ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संसदको निर्णयमा उच्चस्तरीय समिति गठन गर्न गाह्रो परेको भन्दै आफ्नो इच्छा, संकेत र आदेशमा यस्तै हिसाबले चल्ने हवल्दारी निकायको आड, भरोसा र साथ चाहिएर नै तमाम खाले नक्कली अभिनय र स्टन्टबाजी गरिरहेको टिप्पणी गरे । 

थापाले सीआईबीले मन्त्री र सरकारका आलोचकलाई हदम्याद गुज्रिएको विषयमा बिजुली गतिमा गिरफ्तारी र हतकडी लगाउने तर क्विन्टल नभएर केजी सुन ल्याउन सक्रिय भुरा माछालाई पनि किन उन्मुक्ति दिइरहेको भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ३८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का