काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम « Khabarhub

काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम रहेको छ ।

यस्तै, महाशाखाले नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : २९ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ