सूचनाको हकका लागि समुदाय जागरण अभियान « Khabarhub

सूचनाको हकका लागि समुदाय जागरण अभियान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका अभियानकर्मी सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्न सक्रिय बनेका छन् । गत असार ३१ गते विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएको समुदाय जागरण अभियानको पाँचौँ हप्ताको कार्यक्रम आज घट्टेकुलोबाट मैतीदेवी मन्दिरसम्म आयोजना गरियो । झरीसँगै अभियानकर्मी छाता ओढेर समुदाय जागरण अभियानमा सहभागी भएका थिए ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँ एवं काठमाडौँ उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोबाट सुरु भएको अभियान मैतीदेवी मन्दिर क्षेत्रमा पुगेर समापन गरिएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ नाराका साथ सुरु भएको प्रभातफेरीमा ‘सूचना किन माग्ने रु’, ‘सूचना कहाँ माग्ने रु’, ‘कस्ता सूचना माग्ने रु’, ‘सूचना कसरी माग्ने रु’, ‘कसलाई माग्ने रु’, ‘सूचना नदिनेलाई के हुन्छ रु’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

सूचनाको हकसम्बन्धी जागरणमूल गीतसहित गरिएको जागरणमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको महासङ्घ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले जानकारी दिए। कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले काठमाडौँका बस्ती बस्तीमा सुरु गरिएको अभियानले सूचनाको हकका विषयमा नागरिकलाई जानकारी दिने काम गरेको बताए ।

महासङ्घ, जिल्ला कार्यसमिति काठमाडौँले आगामी भदौ २ गते समुदाय जागरण कार्यक्रम गोेकर्णेश्वर नगरपालिका–१ ओखरेनी, चिलाउने र मूलखर्क गाउँलाई केन्द्रित गरेर गर्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : १७ बजे

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस