सिंघमको तेस्रो शृंखलामा देखिँदैछिन् दीपिका पादुकोण | Khabarhub Khabarhub

सिंघमको तेस्रो शृंखलामा देखिँदैछिन् दीपिका पादुकोण


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरू सँधै आतुर हुन्छन् ।

अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने तय भइसकेको छ । यस्तोमा फिल्मलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । ‘सिंघम अगेन’मा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिने भएकी छिन् ।

दीपिका फिल्ममा लेडी सिंघमको भूमिकामा देखिनेछिन्, जो अजय देवगणकी बहिनी हुनेछिन् । प्रहरी अधिकारीको भूमिकाका लागि दीपिका उत्साहित रहेको र तयारी पनि सुरु गरेको जनाइएको छ । दीपिकाले छायांकनका लागि ३५ देखि ४० दिन दिने जनाइएको छ ।

‘सिंगम अगेन’मा टाइगर श्राफ पनि केमियो भूमिकामा देखिनेछन् । फिल्मको छायांकन आगामी सेप्टेम्बरमा सुरु गरिने र सन् २०२४ को अगस्टमा रिलिज गर्ने योजना छ । (स्रोतः एनआई)

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : २१ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’