सिंघमको तेस्रो शृंखलामा देखिँदैछिन् दीपिका पादुकोण « Khabarhub

सिंघमको तेस्रो शृंखलामा देखिँदैछिन् दीपिका पादुकोण


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरू सँधै आतुर हुन्छन् ।

अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने तय भइसकेको छ । यस्तोमा फिल्मलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । ‘सिंघम अगेन’मा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिने भएकी छिन् ।

दीपिका फिल्ममा लेडी सिंघमको भूमिकामा देखिनेछिन्, जो अजय देवगणकी बहिनी हुनेछिन् । प्रहरी अधिकारीको भूमिकाका लागि दीपिका उत्साहित रहेको र तयारी पनि सुरु गरेको जनाइएको छ । दीपिकाले छायांकनका लागि ३५ देखि ४० दिन दिने जनाइएको छ ।

‘सिंगम अगेन’मा टाइगर श्राफ पनि केमियो भूमिकामा देखिनेछन् । फिल्मको छायांकन आगामी सेप्टेम्बरमा सुरु गरिने र सन् २०२४ को अगस्टमा रिलिज गर्ने योजना छ । (स्रोतः एनआई)

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : २१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक