युवाले नै नेपालको रूपान्तरण गर्ने हो : अर्थमन्त्री महत « Khabarhub

युवाले नै नेपालको रूपान्तरण गर्ने हो : अर्थमन्त्री महत


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रूपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास र रूपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

‘युवाले नै नेपालको रूपान्तरण गर्ने हो । विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै  कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सूक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्,’ अर्थमन्त्री डा महतले भने, ‘युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ । युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही सदुपयोग गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानुभयो भने पनि फर्कनु होला ।’

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेको तर्क इङ्गीत गरे। उनले बजेटमा युवा उद्यमशीलताका लागि एक अर्ब रकम छुट्याएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताए। युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरे । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा सन् २००४ देखि दिवस मनाउने परिपाटी सुरु भएको बताउँदै चौबीसौं अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा वार्षिक छदेखि सात लाख युवा विदेशिने गरेको तथ्यांक रहेको बताए। उनले सरकारलाई उद्यमशीलताका लागि कार्यक्रम ल्याउन र सोहीअनुसार युवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरे । 

कार्यक्रममा ९२ वटा युवा संस्था आबद्ध रहेको युवा संस्था सञ्जाल नेपाल (आयोन)का तर्फबाट अध्यक्ष विकल राईले युवाका आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको मागपत्र हस्तान्तरण गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ४८ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र