नन्दिनी हर्बल केयरका ब्राण्डहरू नेपाल भित्रिए « Khabarhub

नन्दिनी हर्बल केयरका ब्राण्डहरू नेपाल भित्रिए


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नन्दिनी हर्बल केयर प्रालिका ब्राण्डहरु नेपाल भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुबई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत करिब ४५ देशहरुमा निर्यात हुँदै आएको नन्दिनी अर्गानिक ब्राण्डका सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो ।

राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् मिस नेपाल २००२ उषा खड्गी, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी तथा सामाजिक अभियन्ता भीम उपाध्यायले संयुक्त रुपमा नन्दिनी हर्बल केयरका उत्पादनहरुको औपचारिक बिक्री वितरण शुभारम्भ गरेका हुन् । बजारको मागअनुसार नेपालमा पनि सन स्क्रिन, मोश्चराइजर ,फेशवास, डे क्रिम, नाइट क्रिम, इसन्सियल आयललगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरुको बिक्री वितरण थालिएको कम्पनीको प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए ।

उनका अनुसार भारतीय सौन्दर्य सामाग्रीको नेपाली उपभोक्तामाझ कायम विश्वासका कारण सहज रुपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्ड भित्र्याइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याइएको उनको भनाइ छ ।

नन्दिनी ब्राण्डका सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट, बितरक, ब्यूटी पार्लर, सलुन, मेडिकल स्टोरलगायत मार्ट र सपिङ्ग मलहरुमा सहजै उपलब्ध हुने नेपालमा बजारीकरण तथा व्यवस्थापनको जिम्मेवारी लिएका कन्ट्री म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिबद्धता जनाएको कम्पनीले करिब ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ ।

नेपालको अधिकांश युनिसेक्स सलुन, पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाइ रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्री म्यानेजर शर्मा बताउँछन् । भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्डभित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्बलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क रहेको उनले बताए ।

काठमाडौँको होटल ग्राण्डमा आयोजित पत्रकार भेटघाटमा उपस्थित सहभागीहरुले नन्दिनी अर्गानिक ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाइमा पर्नेमा आफूहरु विश्वस्त भएको कुरा बताएका थिए ।

पूर्वमिस नेपाल खड्गीले आफूले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको भएपनि पहिलो पटक यस्ता अर्गानिक सौन्दर्य ब्राण्डका बारेमा जानकारी लिँदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने उल्लेख गरिन् ।

पछिल्लो समय नेपालमा गुणस्तरहीन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुँदै गएको अवस्थामा विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साइडइफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरी विश्व बजारका विभिन्न मुलुकमा निर्यात गर्दै आएको नन्दिनी हर्बल केयर नेपालमा पनि भित्रिएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ६ : १५ बजे

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली