चिनियाँ प्रतिजासुसी अभियानप्रति अमेरिका चिन्तित « Khabarhub

चिनियाँ प्रतिजासुसी अभियानप्रति अमेरिका चिन्तित


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चीनले प्रतिजासुसी अभियान अघि सारेको छ । चीनको कम्युनिष्ट सरकारले अघि सारेको नयाँ अभियानले नागरिकहरुलाई एक अर्काप्रति आशंका र जासुसी गर्न प्रोत्साहन गर्ने भन्दै विश्लेषकहरुले आलोचना गरेका छन् ।

गत जुलाई १ बाट प्रचलनमा आएको प्रतिजासुसी नियमबाट चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरुलाई अफ्ठ्यारो पर्ने अमेरिकी अधिकारीहरुको चिन्ता छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले चीनको नयाँ नियम र यसबाट उत्पन्न परिस्थितीको निगरानी गरिरहेको जानकारी दिएका छन् । यस अभियानको घोषणा गरेसँगै अमेरिकी विदेश मन्त्रालयले जारी गर्दै निर्देशिकामा आफ्ना नागरिकलाई मुख्यभूमि चीनको भ्रमणमा पुनर्विचार गर्न आह्वान गरेको छ ।

चीनको नयाँ प्रतिजासुसी नियमका कारण त्यहाँ गैरकानूनी पक्राउको जोखिम रहेको अमेरिकी विदेश मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।

गत जुन १८ मा चीन भ्रमणका क्रममा राजधानी बेइजिङमा उच्चस्तरीय चिनियाँ अधिकारीसँगको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले यस विषयमा चिन्ता व्यक्त गरेका थिए ।

उच्चस्तरीय चिनियाँ अधिकारीसँगको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चीनमा अमेरिकी नागरिक र व्यवसायको अधिकार र सुरक्षाको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए । उनले चिनियाँ अधिकारीहरुलाई अन्तर्राष्ट्रिय प्रावधानको सम्मान गर्नसमेत आग्रह गरेका थिए ।

केही समयअघि चिनियाँ राष्ट्रिय सुरक्षा मन्त्रालयले सामाजिक सञ्जाल विच्याटमार्फत ‘जासुसीको प्रतिकार गर्न समाजका सबै सदस्यको परिचालन’ अभियान घोषणा गरेको थियो । यस घोषणासँगै चीन सरकारले राज्यले परिभाषित गरेका दुश्मनबारे अन्य नागरिकलाई सूचित गराउने गतिविधिमा सक्रिय रहन आह्वान गरिएको थियो ।

यस नियमले चिनियाँ राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको सम्प्रेषण गर्न बन्देज लगाइएको छ भने राष्ट्रिय सुरक्षा तथा जासुसीको परिभाषालाई पनि विस्तार गरिएको छ ।

यसबाट विदेशी कम्पनी र व्यक्तिलाई नियमित गतिविधि गर्दासमेत कानूनी झमेलामा पर्ने जोखिम हुनेमा अमेरिकाले चिन्ता व्यक्त गरेको हो ।

नयाँ चिनियाँ नियमअनुसार विदेशी इकाई वा विदेशी इकाईसँग साँठगाँठ गर्ने आन्तरिक व्यक्ति वा संस्थाका गतिविधि सञ्चालन गर्ने, त्यसलाई प्रोत्साहन गर्ने वा आर्थिक रुपमा सहयोग गर्नेलाई दण्डित गरिनेछ ।

नयाँ नियमअनुसार जासुसीको परिभाषाको पनि विस्तार गरिएको छ । जासुसीको नयाँ परिभाषामा राष्ट्रिय गोप्य एवम् संवेदनशील दस्तावेज, सूचना, वा जानकारीको चोरी गर्ने वा पहुँच पुर्‍याउने पनि समावेश हुनेछन् । यसअनुसार अभियोजकहरुले यस्ता व्यक्ति वा संस्थाका डाटामा पहुँच पुर्‍याउन सक्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ०३ बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर