गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो | Khabarhub Khabarhub

गोरखामा फेला परेको अजिङ्गर सुरक्षित बासस्थानमा छोडियो


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको छ । सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो ।

फेला पारिएको क्षेत्रमा सुरक्षित बासस्थान नभेटिएपछि चितवनमा लगेर सुरक्षित बासस्थानमा छोडिएको वन अधिकृत गोपालीले जानकारी दिए । गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको मोटरेबल पुल नजिकै शुक्रबार गोरखा तर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको थियो ।

तीनवटा घिस्रने जनावर मध्येमा उद्धार गरिएको अजिङ्गर एक प्रजातिको भएको वनअधिकृत गोपालीले बताए । अजिङ्गर संरक्षित प्रजतिको घस्रने जनावरअन्तर्गत हो । अजिङ्गरलाई उद्धार गरी गएराति भने सब–डिभिजन कार्यालय सिउरेनीटारमा नै राखिएको थियो ।

फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको उनले बताए। वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक आफूले त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ०६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य