श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखियो « Khabarhub

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखियो


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ।  श्रद्धाञ्जलीका लागि नेम्वाङको शव ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको हो।

शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई आज दिउँसो १२ बजे पार्टी कार्यालय लगिएको हो।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरे।

काठमाडौंको बालुवाटारस्थित निजी निवासमा राति हृदघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ। नेम्वाङका छोरा स्वेदेश फर्किन करिब दुई दिन लाग्ने अनुमान छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : १९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि