संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित | Khabarhub Khabarhub

संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद्मा सन्तुलित भूमिका निर्वाह गरेकाले उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

अप्ठेरो राजनीतिक अवस्थामा पनि उनले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरुको सम्बोधन गरेका संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले बताए ।

उनले भने, “सुवासजीले राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्थे। उनको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ ।” संविधान जारी गर्ने बेला अध्यक्ष नेम्वाङको भूमिकाको स्मरण गर्दै उनले त्यो बेलाको राजनीतिक अवस्थालाई नेता नेम्वाङले कुशलतापूर्वक सम्हालेको बताए।

पूर्वमहासचिव भट्टराईले भने, “सुवासजी त्यो भूमिकामा नभएका भए धेरै किसिमका समस्या उत्पन्न भई प्रक्रिया नै अवरुद्ध हुने परिस्थिति पनि आउन सक्थ्यो, त्यो सम्भावनालाई उहाँले बुद्धिमतापूर्वक अवतरण गराउनुभएको हो ।”

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : ०४ बजे

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा