सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित « Khabarhub

सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीतबाट दुवैजना घोषित भएका हुन् ।

त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका भएकी हुन् ।

त्यस्तै गायिका जुना श्रीषको माइतीघरको सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् । त्यस्तै संगीतकार दिपक शर्मा छोरीको जिन्दगी दुई तिर बोलको गीतबाट सर्वोत्कृष्ट संगीतकार घोषित भए ।

प्रतिनिधि सभाको उपभामुख सम्माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा म्यूजिक खबर तीज म्यूजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, गायिका मन्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ संगीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका संचालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपालको अध्यक्ष वसन्त वित्यासी थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै