'नाडा अटो शो २०२३' आजदेखी सुरु | Khabarhub Khabarhub

‘नाडा अटो शो २०२३’ आजदेखी सुरु


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सवारी साधन प्रदर्शनको कुम्भमेला ‘बृहत् नाडा अटो शो’ २०२३ को १५औँ संस्करण मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।

‘द बिगेस्ट शो अफ नेपाल’ भनिएको अटो शो को अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । झण्डै ४ वर्षपछि आयोजना गरिएकाे नाडा अटो शोमा साना ठूला गरी १२० स्टल रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

प्रदर्शनीमा सवारी साधनका साथै, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

आजदेखी सुरु भएको अटो शोमा झण्डै एक लाख अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने नाडाको भनाइ छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ५१ बजे

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन– जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कञ्चनपुर कारागारबाट भागेका २३९ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जेन-जी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता