सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ अंकले घटेर १९६७.५७ अंकमा पुगेको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से सूचकमा आकर्षक ढंगको वृद्धि भएको थियो । तर यसरी बढेको बजारले मंगलबार भने निरन्तरता पाउन सकेन ।

यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : ०३ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता